Shikhar Insurance

भर्नुभयो त ! मानुषीको आईपीओ, आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३१, आईतवार ०९:१५
NIMB
Nabil Bank

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । साउन २७ गते बुधबारदेखि निष्कासन गरेको आईपीओमा आवेदन गर्ने समय आइतबार बेलुका पाँचवजे सम्म रहेको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँट पश्चात उक्त पूँजी १० करोड ९३ लाख पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्