Shikhar Insurance

विभाजनको डिलमा एमाले, निर्णायक पहल कदमी कसले लिने ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र १, मंगलवार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । अन्ततः नेकपा(एमाले) विभाजनको डिलमा पुगेको छ । नेकपा हुँदै सुरु भएको आन्तरिक किचलोले दुई तिहाई जनमत नजिकको नेकपा विभाजित भएर अब एमालेमा सरेको छ । खास गरि अध्यक्ष केपी ओलीको स्वेच्छाचारी गतिबिधीले बरिष्ठ नेता माधव कुमार नेपाल समुह आक्रोशित छ ।

बरिष्ठ नेता नेपालले नेकपा विभाजन, दुई पटकको संसद विघटन लगायतका कदमहरु प्रति ओलीले आत्मालोचना गर्नुपर्ने राखेका छन् । ओलीले भने नेपाल बिनाको एमाले बनाउने अठोटसहित आफ्ना पूर्ववत निर्णयहरुमा टसमस नहुने छाँट देखाएका छन् । दोश्रो र तेश्रो पुस्ताका नेताहरुको पहल कदमीका वावजुद दुई शिर्ष नेताहरु गलेका छैनन् । त्यसो त दोश्रो र तेश्रो पुस्ताका नेताहरुले न एकताका लागि ठोस भूमिका खेल्न सकेका छन् न त विभाजनमा जाने जोखिम नै उठाउने तत्परता देखाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ओली र नेपाल दुबै समुहले देशभर संगठन विस्तार अभियानलाई तिब्रता दिईरहेका छन् । ओली समुहले बिधान महाधिवेशनका नाममा गतिबिधी अघि बढाएको छ । साथै खेलकुद महासंघका नाममा पनि संगठन बनाईरहेको छ । यता, नेपाल समुहले भने देशैभर पार्टी कमिटी र जनवर्गिय संगठनहरुको गठन।पुनर्गठनलाई तिब्रता दिईरहेको छ ।

मंगलबार अपरान्ह बरिष्ठ नेता नेपालले जनवर्गिय संगठनका नेताहरुलाई जुम मार्फत बिशेष सम्बोधन गर्दैछन् । गोप्य भनिएको सो सम्बोधन आगामी कार्यदिशाबारे केन्द्रित हुनेछ । नेता नेपालले अब पार्टी एक रहने सम्भावना औपचारिक रुपले टरेकाले नयाँ पार्टी गठनका लागि तयार रहन निर्देशन दिने सम्भावना छ ।

नेता नेपालले आगामी निर्वाचनमा केपी ओलीको भन्दा ठूलो पार्टी बनाउने प्रतिवद्धता पनि नेताहरु समक्ष व्यक्त गरिरहेका छन् । उनले काँग्रे, माओवादी र जसपासँग मिलेर निर्वाचन लड्ने र ओली समुहलाई पत्तासाफ गर्ने योजना बनाएका छन् । आफुसँग लाग्दा सांसद पद गएमा जिताउने जिम्मा लिने वचन नेता नेपालले यस अघि नै दिईसकेका छन् ।

सम्भवतः केहि दिनभित्रै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेता नेपालले नयाँ पार्टी गठन गर्नेछन् । नेता नेपाल निकट युवा नेताहरु जीवन राई र बिनोद खुलालहरुले यस अघि नै कलम चिन्हधारी नेकपा(एकिकृत) नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्