Shikhar Insurance

सेयर बजारमा करेक्सन, इतिहास रचेको भोलिपल्टै १८ अंकको गिरावट

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३, बिहीबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । इतिहास रचेको भोलिपल्टै सेयर बजारमा करेक्सन आएको छ । नेप्से परिसूचक साताको अन्तिम दिन १८.१७ अंकले ऋणात्मक बनेको हो ।

अघिल्लो दिनभन्दा सस्तोमा सेयर खरिद बिक्री गर्न तयार हुँदा नेप्सेमा करेक्सन आएको हो । बिहीबार १ सय २२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६१ वटाको बढेको छ । बैंक, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, इन्भेस्टमेन्ट, उत्पादन तथा म्युचुअल फन्ड समूहको उपसूचमा गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेनमा करेक्सन आएपनि कारोबारको उत्साह कम भएको छैन । आज २ सय २९ स्क्रिप्ट किनबेच भए । ३ करोड ९ लाख कित्ता सेयर २० अर्ब ४९ करोड रूपैयाँमा किनबेच भए ।

जलविद्युत कम्पनीका अनावश्यक सूचना फिँजाएर मूल्य बढाइएको समाचार प्रकाशन भएको दिन ३ जलविद्युत कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्तको सेयर मूल्यमा भने पोजिटिभ सर्किट लागेको छ ।

बढी कारोबार हुने शीर्ष ५ कम्पनी पनि जलविद्युत कम्पनी नै रहे ।

GBIME

प्रतिक्रिया दिनुहोस्