Shikhar Insurance

नेप्सेमा सामान्य सुधार, सेयर खरिदबिक्री दर बढ्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १८:५५
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २.७० अङ्कले बढेर २८१९.६५ मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ । कूल २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रूपैयाँमा खरिद बिक्री भए । बिहिबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजार रूपैयाँको हाराहारीमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर उकालो लाग्यो भने ११ उपसमूहको सेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागे । केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको सेयर रूपैयाँमा सुधार देखिएको हो । व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो । नेपाल बैंक २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको सेयर रूपैयाँमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन् ।

हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्