यी बैंकले आजै सार्वजनिक गर्दैछन् परिमार्जित ब्याजदर

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार ०७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले महिनामा १० प्रतिशतभन्दा बढीले ब्याजदर घटबढ गर्न नपाउने बाध्यकारी व्यवस्था गरेपछि आजै प्रकाशित ब्याजदर परिमार्जन गर्दैछन् । मंगलबार राती ब्याजदरमा तीब्र उतारचढावमा केन्द्रीय बैंकले कैंची लगाएको हो ।

केन्द्रीय बैंकको व्यवस्थाअनुसार १ दर्जनबाहेक अरु बैंकले नयाँ ब्याजदर आजै प्रकाशित गनुपर्नेछ ।

बैंकले दिने अधिकतम ब्याजदरका आधारमा सिंहदरबारले तयार पारेको तथ्यांक अनुसार राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, लक्ष्मी, सिटिजन्स, एनबी, सेन्चुरी, बीओके, सिभिल एनसीसी, सिद्धार्थ, माछापुच्छ्रे, कृषि विकास र नेपाल एसबीआईले असोज महिनाको तुलनामा १० प्रतिशतभन्दा बढीले ब्याजदर बढाएको देखिन्छ । यस्तै, सानिमा र सनराइजले १० प्रतिशतले ब्याज घटाएका थिए ।

यी बैंकले ब्याजदर परिमार्जन गर्ने अनुमान लगाइएको छ ।

 

कात्तिकको अधिकतम ब्याजदर असोजको अधिकतम ब्याजदरभन्दा बति बढी ?

प्रतिक्रिया दिनुहोस्