Shikhar Insurance

आईपीओको खडेरी तोडियोः एकै पटक पाँच कम्पनीलाई सवा अर्बको निष्काशन अनुमति

सिंहदरबार संवाददाता
२०७८ माघ ६, बिहीबार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । झण्डै आधा वर्षपछि आईपीओको खडेरी टर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच महिनापछि करिब आधा दर्जन कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिन लागेको हो । बोर्ड श्रोतका अनुसार २।३ दिनभित्रै पाँच वटा कम्पनीले सवा अर्बको आईपीओ जारी गर्ने अनुमति पाउँदैछन् ।

त्यसरी अनुमति पाउनेमा दुई वटा हाइड्रो पावर कम्पनी र तीन वटा लघु वित्त कम्पनी रहेका छन् । बोर्ड श्रोतका अनुसार बलेफी हाइड्रोपावर कम्पनीको ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरको ६२ करोड ५० लाख रुपैयाँको आईपीओ आउँदैछ । यी दुबै जलविद्युत् कम्पनीहरूले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, जल्पा लघुवित्तको ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाउँदैछन् । आईपीओ जारी गर्ने अनुमति दिन आवश्यक सबै प्रक्रिया पुरा भैसकेको छ । ‘सबै प्रक्रिया पुरा गरेर फाइल तयारी अवस्थामा राखिएका छन्, अब निर्णय गर्न मात्रै बाँकी हो, दुई तीन दिनभित्रै अनुमति दिन्छौं’, धितोपत्र बोर्ड उच्च श्रोतले सिंहदरबारलाई भन्यो ।

बोर्ड अध्यक्ष भिष्म ढुंगनालाई सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा दोषी ठहर गर्दै सरकारले बर्खास्त गरेको थियो । ढुंगानाको बहिर्गमनपछि बोर्डले आईपीओको अनुमति दिएको थिएन् । अर्थमन्त्रालयले बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो । केहि दिन अघि बसेको बोर्ड सञ्चालक समिति बैठकले अर्थमन्त्रालयका तर्फबाट सञ्चालक रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई आईपीओको अनुमति दिने अधिकार दिएको थियो ।

यतिबेला ३१ वटा कम्पनीहरुले करिब साढे ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्