Shikhar Insurance

तेलको भाउले आयात निरूत्साहन नीतिलाई दिएन साथ, गभर्नरको पोलिसीले अर्थमन्त्रीको लक्ष्यमा धक्का

सिंहदरबार संवाददाता
२०७८ चैत्र ७, सोमबार २०:००
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयात निरूत्साहन नीतिलाई अन्तर्राष्ट्रिय बजारमा बढिरहेको तेलको भाउले साथ नदिएको पाइएको छ । दैनिक उपभोग्य वस्तुसमेतको आयातमा कटौती गर्ने सरकारको नीतिले माघ महिनासम्म काम गरेको भएपनि उर्लँदो तेलको मूल्यमा फागुनमा साथ नदिएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार फागुनमा १ खर्ब ६१ अर्ब २७ करोठ रूपैयाँको वस्तु आयात भएको छ । जुन माघको भन्दा २० अर्ब रूपैयाँ बढी हो । आयातको यो परिमाण पुसको भन्दा बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

माघमा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो भने पुसमा १ खर्ब ६१ अर्बको आयात भएको थियो । मंसिरमा भने वर्षको सबैभन्दा बढी १ खर्ब ८८ अर्बको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

आयातमा शतप्रतिसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण अत्यावश्यकबाहेक दैनिक उपभोग्य वस्तुको आयात घटेको छ । टेलिफोन, सुन, चाँदी, स्वदेशमै उत्पादन हुने खाद्यान्न, विद्युतीय उपकरण, लत्ता कपडाको आयातमा उल्लेख्य कमी आएको छ ।

यी हुन् आयातमा कडाइ गरिएका वस्तुहरू, नगद मार्जिन कुनमा १००% र कुनमा ५०% ? (सूची)

टेलिफोनको आयात आधा भएको छ । सुन पनि अघिल्लो महिना आउने भन्दा आधार परिमाण र मूल्यको आयात भएको छ । चाँदीको आयात ९० प्रतिशतले घटेको छ ।

तर, दैनिक अत्यावश्यक वस्तु इन्धनको आयात रोकिएको छैन ।

अघिल्लो महिना बराबरको परिमाणमा नै आयात हुँदा पनि इन्धनको भाउ ह्वात्तै बढेर आयात रकम आकाशिएको छ । माघ महिनामा मासिक १० अर्ब ४२ करोड रूपैयाँको डिजल आयात हुने गरेकामा फागुनमा करिब १५ अर्बको आयात भएको छ । मासिक ५ अर्बको एलपी ग्यास आयात हुने गरेकामा भाउ बढ्दा आयात मूल्य ६ अर्ब पुगेको छ । यस्तै मासिक पौन ५ अर्बको पेट्रोल आयात हुने गरेकामा फागुनमा सवा ६ अर्बको पेट्रोल नेपाल भित्रिएको छ ।

तर, आयातीत यस्ता वस्तुको परिमाण खासै वृद्धि नभएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालको खरिद लागत बढेको छ । जसको असर आयातको तथ्यांकमा देखिएको छ ।

तयारी वस्तुको आयात खुम्चिए पनि उत्पादनमुलक उद्योगमा कच्चा सामाग्रीको रूपमा प्रयोग हुने वस्तुको आयातमा बढोत्तरी भएको छ । कच्चा भटमासको तेल, कच्चा पाम तेल, कच्चा सूर्यमुखी तेल, कच्चा स्टिल आदिको आयात बढेका छन् ।

सतप्रतिशतसम्म नगद मार्जिनको प्रभावः ४० अर्बले घट्यो आयात !

फलस्वरूप राष्ट्र बैंकको नीतिले मासिक आकाशिँदो आयातको क्रमलाई लगाम लगाए पनि पछिल्लो महिना आयात बढेको हो । मंसिरमा भएको कुल आयातको तुलनामा फागुनको आयात २० अर्ब रूपैयाँले कम भएको भएपनि माघको भन्दा २० अर्ब बढी हो ।

केन्द्रीय बैंकले वस्तु आयातको एलसी खोल्दा ४१ वस्तुमा सतप्रतिशत र ६ वटामा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो ।

आयातमार्फत् स्वदेशी मुद्रा अनिन्त्रित रुपमा बाहिरिने थालेपछि पुसको सुरुमै आयातमा नगद मार्जिनको व्यवस्था गरिएको थियो ।

आयात नियन्त्रण गर्न राष्ट्र बैंकले दैनिक उपभोग्य वस्तुमा समेत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा ४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात भएकामा दोस्रो त्रैमासमा ५ खर्ब २० अर्ब ८१ करोडको भएको थियो । कात्तिकमा मात्रै १ खर्ब ७१ अर्ब ७७ करोड र मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोडको आयात भएको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामै साढे ११ खर्बभन्दा बढीको व्यापार घाटा भएको छ । देश अधिकांश वस्तुमा परनिर्भर हुँदा ग्राफ आकासिएर आधा वर्ष नबित्दै बजेट खर्चभन्दा बढी व्यापार घाटा बेहोर्नुपर्ने भएको हो ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा आयात ३८ दशमलव ६४ प्रतिशतले बढेर रु १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख नाघेको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख बढीको आयात भएको थियो ।

 

निर्यातमा भने व्यापक सुधार आएको छ । निर्यात ८२ प्रतिशतले सुधारिएर १ खर्ब ४७ अर्बको भएपनि व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले घाटा बढेको छ ।

८ महिनामा रु १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट रु ८० अर्ब ७७ करोड ८८ लाख बराबरको सामान निर्यात भएको थियो ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ८ महिनामा नेपालले भारतबाट रु ७ खर्ब ९७ अर्ब बढीको आयात भएको छ भने रु एक खर्ब छ अर्ब १८ करोड बराबरको निर्यात भएको छ ।

राष्ट्र बैंकले ५० प्रतिशतले घटायो सुनको दैनिक आयात कोटा, अब दैनिक १० केजीमात्र

नेपालको भारतसँग मात्रै रु ६ खर्ब ७८ अर्ब बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट ८ महिनामा रु एक खर्ब ८६ अर्ब बराबरको आयात भएको छ भने रु ५४ करोड ५८ लाखको मात्र निर्यात भएको छ । चीनसँग मात्र रु एक खर्ब ८५ अर्ब ६१ करोड बराबरको व्यापार घाटा रहेको छ ।

राजस्वमा धक्का

नेपाल राष्ट्र बैंकको नीतिले सरकारलाई लक्ष्य अनुरूप राजस्व उठाउनै कठीन हुने देखिएको छ । आयातमुख नेपाली अर्थतन्त्रमा राजस्वको प्रमुख स्रोत भन्सार बिन्दु नै हो ।

तर, आयात नै घट्दा सरकारलाई भन्सार लक्ष्य भेट्टाउनै धौधौ परेको छ ।

भन्सार विभागलाई फागुन महिनामा ४५ अर्ब ८ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य दिइएकामा महानाभर ४१ अर्ब १९ करोड रूपैयाँमात्र राजस्व संकलन हुन सकेको छ । यसअघिका ७ मध्ये ३ महिनामा भन्सार प्रशासनले लक्ष्यअनुसार राजस्व उठाउन सकेको थिएन ।

अर्थमन्त्रीले चालु आवमा लक्ष्यको २०० प्रतिशत राजस्व उठाउने योजना सुनाएका थिए । तर, भन्सार लक्ष्य पनि नभेटिँदा उनको लक्ष्यमाथि तुषारापात लाग्ने निश्चित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्