Shikhar Insurance

सतप्रतिशतसम्म नगद मार्जिनको प्रभावः ४० अर्बले घट्यो आयात !

मंसिरमा १ खर्ब ८८ अर्बको वस्तु आयात भएकामा माघमा १ खर्ब ४८ अर्बको मात्र
सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १८:३५
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामै १० खर्बभन्दा बढीको आयात भएको छ । देश अधिकांश वस्तुमा परनिर्भर हुँदा ग्राफ आकासिएर आधा वर्ष नबित्दै बजेट खर्चभन्दा बढी आयात हुन थालेको हो ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को सात महिनामा आयात ४२ दशमलव ७८ प्रतिशतले बढेर रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख नाघेको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अबधिमा रु एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ ।

चालु आवको सात महिनामा नेपालको रु १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको रु सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यस्तैगरी चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

सात महिनामा रु एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट रु ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।

सोही अवधिमा नेपालमा १४५ देशबाट रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा नेपालले भारतबाट रु छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने रु एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ ।

घरजग्गा, सेयर र आयातमा जाने कर्जाको सीमा परिवर्तन हुँदै

नेपालको भारतसँग मात्रै रु पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा रु एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने रु ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र रु एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ ।

विभागको तथ्यांक अनुसार माघमा मात्रै १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ जुन पुसमा भएको आयातभन्दा २० अर्ब रुपैयाँ कम हो । मंसिरमा १ खर्ब ८८ अर्बको आयात भएकामा पुसमा १ खर्ब ६१ अर्बको आयात भएको थियो ।

अर्थात् राष्ट्र बैंकको नीतिले मासिक आकाशिँदो आयातको क्रमलाई लगाम लगाएको छ । मंसिरमा भएको कुल आयातको तुलनामा माघको आयात ४० अर्ब रूपैयाँले कम भएको छ ।

नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेको भएपनि आयातमा सामान्य अंकुश लागेको छ । केन्द्रीय बैंकले वस्तु आयातको एलसी खोल्दा ४१ वस्तुमा सतप्रतिशत र ६ वटामा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । जसको प्रभाव आयातमा देखिएको छ ।

यी हुन् आयातमा कडाइ गरिएका वस्तुहरू, नगद मार्जिन कुनमा १००% र कुनमा ५०% ? (सूची)

आयातमार्फत् स्वदेशी मुद्रा अनिन्त्रित रुपमा बाहिरिने थालेपछि पुसको सुरुमै आयातमा नगद मार्जिनको व्यवस्था गरिएको थियो ।

आयात नियन्त्रण गर्न राष्ट्र बैंकले दैनिक उपभोग्य वस्तुमा समेत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा ४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात भएकामा दोस्रो त्रैमासमा ५ खर्ब २० अर्ब ८१ करोडको भएको थियो । कात्तिकमा मात्रै १ खर्ब ७१ अर्ब ७७ करोड र मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोडको आयात भएको थियो ।

आयात धान्नै नसक्ने अवस्थामा मुलुक, महिना दिनमै आधा खर्बले घट्यो विदेशी मुद्रा सञ्चिति

 

GBIME

प्रतिक्रिया दिनुहोस्