Shikhar Insurance

धितोपत्र बोर्डका उप-कार्यकारी नवराज अधिकारीलाई मेरो १८ प्रश्न (खुलापत्र)

नवराज दाहाल
२०७९ असार २, बिहीबार २०:५०
NIMB
Nabil Bank

एक टेलिभिजनमा प्रशारित तपाईंको अन्तर्वार्ता धेरै पटक सुनेँ । तर, कुनै हालतमा पनि तपाईं मेरो अभिभावकको भूमिका निर्वाह गर्ने संस्थाको जिम्मेवार व्यक्ति हो जस्तो लागेन । मेरो मनमा लागेका केहि कुराहरु राखेको छु, जवाफ दिनुहोला ।

१. तपाईं सेयर बजारको जिम्मेवार निकाएको कर्मचारी भएर सेयर बजारलाई नियन्त्रण गर्ने शैलीमा बोल्नु उचित हुन्छ ?

Citizen Life
Kumar Bank
Nepal Life

२. सेयर बजार किन घट्यो भन्दा ब्याजदर बढ्यो कोरोनाको बेलामा सबै पैसा सेयरमा आयो कोरोना सकियो अनि बजारको पैसा बाहिर गएर घट्यो भन्ने तपाईंले दिनुभएको तर्क ठिक छ ?

३. आफूसँगै बसेर बोल्ने वक्ताले पुजी बजार संकटमा गयो भनेर बोल्दै गर्दा तपाईंले कुनै प्रतिक्रिया नदिनुको अर्थ के हो ? तपाईंले बजारलाइ दुर्घटनामा लान खोज्नु भएको हो ? तपाईं जिम्मेवार मान्छे हैन ?

४. सरकार अर्थमन्त्रालय सुतेर बस्यो भन्दा तपाईंले त्यसको खण्डन गर्नुपर्ने कारण के हो ? तपाईं सरकार र अर्थमन्त्रालयको प्रतिनिधि हो ?

५. हामीले देशब्यापी कार्यक्रम गरेर सेयर शिक्षा प्रदान गरेका छौं सचेत गराएका छौं भनेर बोल्दै गर्दा कहा के के गर्नु भएको छ ? के एउटा नयाँ सदस्यले बजारमा आउनुभन्दा पहिला के के हेर्ने भनेर कति ठाउँमा तालिम प्रदान गर्नुभयो ? जानकारी गराउन सक्नुहुन्छ ?

६. लगानीकर्ताको हकहित रक्षा गर्नको लागि सेवनले घाटा लागेको क्षतिपूर्ति दिनुपर्ने हो ? जस्ता गैरजिम्मेवार कुरा गर्न मिल्छ तपाईंले ? तपाईंसग कुन लगानीकर्ता घाटा लागेको पैसा माग्न आयो ?

७. ५८ बुदे प्रतिवेदन बुझाएको थियो केहि बिषय बाकि छन् भन्दै गर्दा के के बाकि छन् कहिले कार्यन्वयन हुन्छ भनेर स्पष्ट पार्न किन सक्नुभएन ?

८. सेयर बजारको नयाँ कुरा के आयो भन्दा बजेटमा आएका कुरा सुनाएर तपाईंले के साबित गर्न खोज्नु भएको ? हामीले बजेट पढेका छैनौ र सुनाउनु भएको ? तपाईंले लगानीकर्ताको हितमा के गर्नुभयो त्यो चैं भन्न किन सक्नु भएन ?

९. सेयर बजारमा लगानी गर्ने भनेको आफुसग नभएको बरो गरेर सटटेबाजी मात्रै गरेर लगानी गर्ने। नाफा हुदा कुनै किसिमको कसैलाई केहि छैन । घाटा हुँदा सरकारलाई भन्ने भनेर बोल्न तपाईंको नैतिकताले कसरी दियो ? के लगानिकर्ताले नाफा कमाउँदा तपाईंलाई नाफाको प्रतिसत दिनु पर्ने हो ? कि तपाईंलाई कानुन बिपरित नाफा टक्रयाउनु पर्ने हो ? यस्तो गैर जिम्मेवार कुरा बोल्न तपाईंको नैतिकताले कसरी दियो ? यस्तो गैरजिम्मेवार बोलि बोल्न अलिकति पनि लाज लागेन ? जसको कमिसन र करबाट तपाईंको जिवीका चलेको छ उसैलाई अपमान गर्न कसरी दियो तपाईंको नैतिकताले ?

१०. लगानीकर्ताले मागेको इस्यु बनाएको ४-१२ लाइ बरो गर्नको लागि माग राखे भनेर बोल्दै गर्दा रास्ट्रबैकले ४-१२ किन लगायो भनेर उल्टै रास्ट्र बैकको प्रवक्ता जसरि बोल्ने अधिकार कहाँबाट पाउनु भयो ? आफ्नो अधिकार नभएको निकायको बारेमा बोलेर आफुले आफुलाई के प्रमाणित गर्न खोज्नुभएको ? आफ्नो अफिस समाल्न नसक्नेले अर्को निकायको कुरा गर्न लाज लागेन ?

११. तपाईंको कुरा अनुसार तपाईंले गरेको काम अनलाइन आयो, आस्बा, सी–आस्बा आयो, राइट, बोनस लिस्टिङ्ग र T+२ लागु गर्‍यौं भनेर खुब आफ्नो तारिफ गर्नुभयो । यो भन्दै गर्दा अहिले कति औं शताब्दि हो तपाईंलाई थाहा छ ? अहिले सञ्चारको युगमा हरेक कुरा डिजिटल माध्यम बाट हुने जमनामा कुन ठूलो काम गरेको जस्तो लाग्यो तपाईंलाई ? आजको आधुनिक युग कहाँ छ अनि तपाईं भएको संस्था कहाँ छ ? अलिकति हेर्ने दाज्ने कोशिस गर्नुभएको छ ? आफ्नो काममा आफैं मपाई गर्न कत्ति राम्रो होला र महोदय ?

१२. नयाँ काम केहि भएन नयाँ प्रोडक्ट केहि आएन भन्दा डिबेन्चर र बन्ड लिस्टिङ गरेको छ तर उहाहरु किन्नु हुन्न भन्नुभयो । अहिले सम्म लिस्टिंग भएका डिबेन्चर र बन्ड किन किन्नुभएन भनेर सोध्ने अधिकार कस्ले दियो तपाईंलाई ? कि डिबेन्चर र बन्डमा तपाईंको लगानी भएको भएर सबैले त्यसैमा लगानी गरिदिनु पर्ने ? लगानिकर्तालाई के किन्ने के नकिन्ने तपाईंले भन्ने हो ? कसले अधिकार दियो तपाईंलाई ?

१३. बजार बढ्दा सेवनको प्रसंशा किन भएन भनेर प्रश्न गर्नु भयो तपाईंलाई अलिकति पनि लाज लागेन महोदय ? बजार बढ्दा प्रसंशा चाहिने धन्यवाद चाहिने यो के तरिका भयो ? कि तपाईंको पूर्व हाकिम लाइ जस्तै तपाईंलाई पनि दाम चढाउनु पर्ने हो ?

१४. लगानीकर्ताका १०-१२ ओटा संगठन छन ५ -६ ओटा मलाइ पनि थाहा छ भन्नुभयो । के तपाईंको सस्थाले लगानीकर्ताको सङ्गठन गठन गर्ने अनुमति दिएको छ ? यदि छैन भने त्यस्ता नियम विपरित खुलेका झोले संगठन किन हटाउनु भएन ? ५ -६ ओटा संगठनको नाम मलाइ थाहा छ भन्दै गर्दा नियम बिपरित गैरकानुनी रुपमा खुलेका झोले संगठनलाइ कारबाही गर्छु भन्ने कुरा किन आएन महाशय ?

१५. बरो गरेर लगानी गर्दा वित्तीय सस्थालाई असर गर्न सक्छ भन्नु भयो तपाईं सेवनको कर्मचारी हो कि अर्थमन्त्रालय र रास्ट्रबैकको हुलाकी हो ? आफ्नो काम थाहा छैन आफ्नो सस्था हाक्न नसकेको अबस्थामा अरुको सस्थाको किन चिन्ता ?

१६. बारम्बार ऋण लिएर लगानी नगर्नुस भन्दै गर्दा अब संस्थागत लगानी गर्ने सबै सस्था खारेज गर्ने हिम्मत छ तपाईंमा ? कुन पैसा कहाँबाट लगानी हुन्छ तपाईंलाई त्यसको चिन्ता हो कि सेवनले गर्नुपर्ने कामको चिन्ता हो ?

१७. तपाईंको हाकिम रमेस हमाल भन्नुहुन्छ, ‘म राष्ट्र बैंकसँग सम्बन्धित कुराहरु म हेर्न सक्दिनँ’ तर तपाईं राष्ट्र बैंक र अर्थमन्त्रालय दुवैको बारेमा वकालत गर्नुहुन्छ । कि तपाईंलाई सेवनको प्रमुख बन्न नपाएको रिस वा कुण्ठा पालेर बजार ध्वस्त पार्ने योजनामा लाग्नुभएको हो ?

१८. धेरैको पैसा गुम्यो । पैसाको पीडाले ज्यान गुम्ला । अनि तपाईं जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिको हालत के होला ? क्रिपया मुख बढी हैन काम गरेर देखाउनु होला । तपाईंमा नैतिकता छ भने बजार घट्दा लगानीकर्तालाई हैन सेबोनलाई पिडा हुनुपर्ने हो । कठै मेरो देश अनि कर्मचारीको कार्य क्षमता । धिक्कार लागेर आयो मलाई तपाईंको कुराबाट । अब एक मात्र आशा छ रमेश हमालले केही गर्लान् कि ।

(प्रश्नकर्ता नवराज दाहाल सेयर लगानीकर्ता हुन् ।)

GBIME

प्रतिक्रिया दिनुहोस्