Shikhar Insurance

आधा दर्जन वाणिज्य बैंकलाई १५ दिनपछि डण्डा लगाउँदै राष्ट्र बैंक, ४ वटालाई बच्न सकस

सिंहदरबार संवाददाता
२०७९ असार १७, शुक्रबार २०:१४
NIMB
Nabil Bank

काठमाडौं । आधा दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको नियमकिय कारवाहीमा पर्ने भएका छन् । तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभित्र नल्याउने वाणिज्य बैंकहरु राष्ट्र बैंकको कारवाहीमा पर्ने पक्का भएको हो ।

राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई हटाएर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागू गरी २०७९ असार मसान्तसम्म कायम गर्न निर्देशन दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, तोकिएको समयावधी सकिन १५ दिन बाँकी हुँदापनि १० वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतमाथि छ । जसमध्ये पनि ६ वटा वाणिज्य बैंकको सीडी रेसियो ९२ प्रतिशत माथि भएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘असार १५ गतेसम्म १० वटा वाणिज्य बैंकको सीडी ९० प्रतिशतमाथि छ,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘जसमध्ये ६ वटा वाणिज्य बैंकको सीडी रेसियो ९२ प्रतिशतमाथि छ । यी बैंकहरुले १५ दिनमै ९० प्रतिशतमा झार्न सक्ने सम्भावना न्यून छ । दिएको निर्देशन पालना नगर्दा पर्ने नियमकिय कारवाहीको भागिदार यी बैंकहरु होलान् ।’

असार १५ गतेसम्म ४ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतमाथि भएपनि ती बैंकहरुले असार मसान्त अगावै सीमाभन्दा तल कायम गर्न सक्ने ती अधिकारीको भनाइ छ ।

उनका अनसार नेपाल बंगलादेश बैंक, सेञ्चुरी बैंक, प्राइम बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंकको ९२ प्रतिशत माथि सीडी रेसियो छ । ९२ प्रतिशत माथि सीडी भएका वाणिज्य बैंकहरु मध्येपनि असार १५ गतेसम्म नेपाल बंगलादेश बैंकको सीडी रेसियो ९६ प्रतिशत र सेञ्चुरी बैंकको ९५ प्रतिशत कायम गरेका थिए ।

यसबाहेक नबिल बैंक, सिद्धार्थ, बैंक अफ काठमाण्डू र सनराइज बैंकको असार १५ गतेसम्म ९१ प्रतिशतको हाराहारीमा सीडी रेसियो कायम थियो ।

‘नबिल बैंक र सिद्धार्थ बैंकले त आजभोली तिरै सीडी रेसियो सीमा तल पुर्याउन सक्छन्,’ उनले थपे, ‘हामीले सीडी रेसियो सीमा माथि भएका बैंकहरुको नेट लिक्यूट एसेट (एनएलए) म्यानेटमेन्टलाई दैनिक निगरानी गरिरहेका छौं, ९१ प्रतिशतको हाराहारीमा हुने ४ बैंकले पनि ध्यान दिएनन् भने समस्या हुनसक्छ ।’

राष्ट्र बैंकले एक महिना अघिदेखि नै वाणिज्य बैंकहरुको एनएलए र अन्य कारोबारलाई समेत विषेश निगरानी राख्दै सीडी रेसियो व्यवस्थापनका लागि ताकेता लगाइरहेको छ । जेठ तेस्रो सातामात्रै सीडी रेसियो सीमामाथि भएका १६ वटा वाणिज्य बैंंक पत्रचार नै गरेर व्यवस्थापनमा जोड दिन ताकेता लगाएको थियो । त्यसयता ६ वटा वाणिज्य बैंकले सीडी रेसियो सीमा तल झारिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्