Shikhar Insurance

वैशाखको तुलनामा जेठमा ५ अर्ब बढी रेमिट्यान्स नेपाल भित्रियो, ११ महिनामा ९ खर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १६:२५
NIMB
Nabil Bank

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले एक महिनामै ९२ अर्ब ३९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन् । जेठमा ९२ अर्बले बढेर चालु आवको कुल रेमिट्यान्स ९० खर्ब ४ अर्ब १८ करोड रूपैयाँ कायम भएको हो ।

मासिक रेमिट्यान्स वैशाखको भन्दा करिब ५ अर्ब रूपैयाँ बढी हो भने चैतको भन्दा कम हो । चैतमा ९३ अर्ब ५५ करोड रूपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो भने वैशाखमा ८७ अर्ब ५ करोड रूपैयाँ भित्रिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जेठ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,१३,३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्