Shikhar Insurance

कुखुराको मासु एकतिहाइले सस्तियो, यसपाली पनि किलोको १५० सम्म ओर्लिने !

मिरा श्रेष्ठ
२०७९ असार २७, सोमबार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा कुखुराको मासुको मुल्य घट्न थालेको छ ।

उपत्यकामा खपत हुने मासुमध्ये सबैभन्दा बढी ब्रोइलर कुखुराको मासु हो । बजारमा उत्पादन बढेपछि मूल्य घट्न थालेको हो । हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ । यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उत्पादन बढेपछि मूल्य घट्न थालेको हो । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २४० रुपैयाँ पाउन थालेका छन् । यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको छ । यसअघि, कोभिड–१९ महामारीका कारण उत्पादन घट्दा मूल्य आकासिएको थियो ।

गत वर्ष फागुन महिनामा जिउँदो कुखुराको मूल्य वर्षकै उच्च प्रतिकेजी रुपैयाँ ३३०–३४० रहेको थियो । यस वर्षको वैशाख अन्त्यमा भएको स्थानीय तहको निर्वाचको समय जिउँदो कुखुरा प्रतिकेजी ३७०–३८० पुगेकोमा हाल भने प्रतिकेजी २ सय ४० रुपैयाँमा ओर्लिएको हो ।

होलसेलमा जिउँदो कुखुरा जोखिने भएकाले तयार मासु अझै महंगो पर्न जान्छ ।

राजधानीमा चितवन, धादिङ, काभ्रे तथा छिमेकी जिल्लाबाहेक तराईका जिल्लाहरु नवलपरासी, मकवानपुर, कपिलवस्तु, दाङ लगायतका जिल्लाहरुबाट कुखुरा ल्याउने गरिन्छ ।

कुखुराको मूल्य निरन्तर घट्न थालेपछि किसानहरु भने मर्कामा परेका छन् । हाल कुखुरा उत्पादनको लागि राम्रो सिजन भएकोले कुखुराको उत्पादन बढी छ तर उत्पादन अनुसारको माग कम भएकोले मूल्य घट्दै गएको धादिङस्थित ढकाल पोल्ट्री र्फमका सञ्चालक प्रकाश ढकाल बताउँछन् ।

धादिङमा हुर्केको जिउँदो कुखुरा काठमाडौं र चितवनसम्म पठाइने गरेको उनले बताए । धादिङका किसानहरुले उत्पादन गरेको जिउँदो कुखुरा स्थानीय बजारमा प्रतिकेजी २३० र चितवन तथा काठमाडौंसम्म पु¥याउँदा २४० रुपैयाँमा बेच्ने गरेको उनको भनाइ छ ।

ढकालका अनुसार बजारमा राम्रो मूल्य पाएपछि पोल्ट्री सञ्चालकले एकैपटक धेरै चल्ला हुर्काएको र त्यो ठूलो भएर बजारमा पठाउँदासम्म आपूति धेरै भएर मूल्य घटेको हो । उनी भन्छन्, “गत वर्षको तुलनामा कुखुराको उत्पादन बढेको र मूल्य घटेको छ । कुखुराले खाने दानाको महंगिएको छ भने तयार कुखुरा बिक्रीका लागि बजार पनि पाइएको छैन ।” यसो हुनाको कारण कुखुराको मासुको मूल्य घटेको जिकिर उनले गरे ।

साउन महिना नजिकिएसँगै कुखुराको मासुको मूल्य घट्न थालेको हो । साउन महिनामा हिन्दु धर्मावलम्बीले मासु नखाने प्रचलन छ । एकातिर उच्च आपूर्ति र अर्कातर्फ खपत कम हुने भएकाले पोल्ट्री सञ्चालकले आफूहरु मारमा परेको बताएका छन् । अर्का तर्फ दानाको मूल्य नघट्दा किसानहरुलाई थप समस्या परेको छ ।

नेपाल ह्याचरी संघका अध्यक्ष विकास पौडेललेसाउन सुरु हुनुभन्दा पहिले नै चल्ला उत्पादन कम गरिएको बताए । “अघिल्लो वर्षमा भन्दा आधा कम गरिएको छ, साउनमा मासुको खपत कम हुने हुँदा उत्पादन कम गरेका छौं,” पौडेलले भने, “यो वर्ष भने अघिल्लो महिनाबाटै काठमाडौं उपत्याकामा मासु खपत कम छ । यसले मूल्यमा पनि असर गरेको छ ।” पौडेलले गत वर्षको साउनमा कुखुराको मासु प्रतिकेजी १ सय ५० रुपैयाँ सम्म पुगेको जिकिर गर्दै यो वर्ष हालको मूल्यभन्दा कम हुने सम्भावना रहेको बताए ।

“प्रतिकेजी ४ सयको हाराहरीमा पुगेको कुखुरा साउन नलाग्दै २ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ,” पौडेलले थपे । यसले किसानको लागतमा पनि नधान्ने उनले बताए । यस विषयमा सम्बन्धित निकायले चासो नदिएको बताउँदै उनले उत्पादन लागत उकास्न मूल्य तोकिनु पर्ने र अनुगमन गरिपर्ने जोड दिए ।

साउन महिना सुरु भएपछि ब्रोइलर कुखुराको मासु प्रतिकेजी एक सय ५० रुपैयाँमै पाइने अनुमान गरिएको छ ।

ब्रोइलर कुखुरा निश्चित समयभन्दा बढी राख्दा किसानलाई नोक्सान पर्न जान्छ । किसानले चल्ला राखेको ४०–४५ दिन देखि कुखुरा बिक्री गर्न सुरु गर्छन् भने बढीमा ५५–६० दिन सम्म कुखुरा बिक्री गरिसक्नु पर्छ । दुई महिनापछि कुखुराले दाना बढी खाने र तौल नबढ्ने भएकोले समयमै बिक्री गर्नुपर्छ ।

कुखुराले दानाका कारण घाटामा जाने भएकोले किसानले समयमै बेच्नुपर्ने बाध्यता हुन्छ । एक साता पछि साउन सुरु हुने भएकोले पनि बिक्रीको लागि तयार भइसकेको कुखुरा एकै पटक बजारमा आएको हो ।

जिउँदो कुखुराको मूल्य ३ सय ७० हँुदा दानाको मूल्य प्रतिबोरा ४ हजारदेखि ४२ सयसम्म थियो । अहिले भने कुखुराको भाउ सस्तिएर २ सय ४० आइपुग्दा पनि दानाको मूल्य मूल्य त्यही छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्