Shikhar Insurance

‘लास्ट आवर’सम्मै प्राइम, बिओके, सेञ्चुरी र एनसीसी बैंकको सीडी ९०% माथि, अन्यको कति ?

नियामकिय कारवाहीमा पर्लान?
सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १८:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) लागू गर्दै २०७९ असार मसान्तसम्म कायम गर्न निर्देशन दिइसकेको छ । उक्त समय सीमा सकिन केही दिनमात्र बाँकी छ ।

तर, दिइएको समयसीमा सकिन लाग्दा समेत ४ वटा वाणिज्य बैंकले सीडी रेसियो व्यवस्थापन गर्न सकेका छैनन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये ४ वटा बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । जसमा बैंक अफ काठमाण्डूले ९३.११ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकले ९१.३१ प्रतिशत, प्राइम कमर्सियल बैंकले ९०.६२ प्रतिशत र एनसीसी बैंकले ९०.४७ प्रतिशत सीडी रेसियो असार २७ गतेसम्म कायम गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले यी बैंकहरुको नेट लिक्वीड एसेट (एनएलए) म्यानेटमेन्टलाई दैनिक निगरानी गरिरहेको छ । तोकिएको सीडी रेसियो कायम नगर्ने बैंकहरुले सहुलियत पाउने सम्भावना नै नरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘सीडी व्यवस्थापन यी ४ बैंकले पनि ध्यान दिएनन् भने समस्या हुनसक्छ, अझैपनि घटाउने सम्भावना बढी छ,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘असार मसान्त अगावै वा मसान्तपछि सीडीको सन्दर्भमा सकुर्लर जारी गर्न सकिन्छ, त्यपछि तोकिएको निर्देशन पालना नगर्ने बैंकहरुलाई के गर्ने एकिन हुन्छ । यद्दपि ९० प्रतिशत माथि सीडी भएका बैंकहरु भने दफा १०० बमोजिमको कारवाहीको भागिदार हन्छन् नै ।’

राष्ट्र बैंकले गत जेठ महिानादेखि नै सीमा भन्दा माथि सीडी रेसियो भएका बैंकहरुलाई विषेश निगरानीमा राखी एनएलए म्यानेजमेन्टमा दवाब दिइरहेको थियो । राष्ट्र बैंकले गत जेठ पहिलो सातादेखि नै वाणिज्य बैंकहरुको सीडी व्यवस्थापनमा बिषेश कसरत गरेको हुँदा अहिले ४ वटा बैंकमात्र सीमा माथि रहेको उनको भनाइ छ ।

जेठ पहिलोसातासम्म १७ वटा वाणिज्य बैंकको सीडी रेसियो ९०.९१ प्रतिशतदेखि ९७.७२ प्रतिशतसम्म थियो । जसमा बैंक अफ काठमाण्डू, प्राइम बैंक र सेञ्चुरी बैंकको सीडी रेसियो ९५ प्रतिशतमाथि थियो । साथै, नेपाल बंगलादेश, कुमारी कृषि विकास, नेपाल एसबीआइ, ग्लोबल र एनसीसी बैंकको सीडी रेसियो ९२ प्रतिशतदेखि ९५ प्रतिशत नजिक थियो ।

असारको २७ गतेसम्म आइपुग्दा एनसीसी बाहेक अन्य बैंकहरुले सीडी ९० प्रतिशत तल कायम गरिसकेका छन् । उक्त समय भने ९१ प्रतिशतको हाराहारीमा हुने नेपाल इनभेष्मेण्ट, सिटिजन्स, हिमालयन, सिद्धार्थ लगायतका १० वटा बैंकले पनि असार २७ गतेसम्म सीडी रेसियो व्यवस्थापन गरिसकेका छन् ।

तोकिएको समयसीमा नजिक आएपनि दर्जन बढी वाणिज्य बैंकहरुको सीडी रेसियो माथि नै रहेपछि जेठ दोस्रो साता राष्ट्र बैंकले ती बैंकहरुलाई पत्रचार गरी स्पष्टिकरण सोधेको थियो । यसरी पत्र नै पठाएर कारवाहीको सुचित गराउन थालेपछि बैंकहरु साइजमा आएको ती अधिकारीको भनाइ छ ।

‘एनएलए म्यानेजमेन्टबारे निगरानी गर्दै सीडी व्यवस्थापनमा तदारुक्ता देखाउन पत्रचार नै गरेर स्पष्टिकरण सोधेपछि साइजमा आउन थालेका हुन्, अब ४ वटामात्र बैंक बाँकी छ सम्भवत यीनीहरुले पनि असार ३२ गतेसम्म ९० प्रतिशत तल कायम गर्छन् ।’

राष्ट्र बैंकले एक महिना अघिदेखि नै वाणिज्य बैंकहरुको एनएलए र अन्य कारोबारलाई समेत विषेश निगरानी राख्दै सीडी रेसियो व्यवस्थापनका लागि ताकेता लगाइरहेको हो । त्यसयता १३ वटा वाणिज्य बैंकले सीडी रेसियो सीमा तल झारिसकेका छन् ।

असारको २७ गतेसम्म २७ वाणिज्य बैंकहरुको सीडी रेसियो ८०.२५ प्रतिशतदेखि ९३.११ प्रतिशतसम्म छ । जसमध्ये सबै धेरै बिओकेको हुँदा सबैभन्दा थोरै प्रभु बैंकले सीडी रेसियो कायम गर्न सफल भएको हो । सो अवधिमा ४ वटा बैंकको सीडी सीमा माथि हुँदा १८ वटा वाणिज्य बैंकको ८५ प्रतिशतदेखि ८९.७४ प्रतिशतसम्म र ४ वटा बैंकको ८५ प्रतिशतभन्दा तल कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्