अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १२:२२

मुग्लिन । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्