Shikhar Insurance

सिटिजन्स बैंकका कर्मचारी र ग्राहकलाई राजी क्लिनिकमा २० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंकका ग्राहक र कर्मचारीले रुपन्देहीस्थित राजी क्लिनिक प्रालिमा बिशेष छुट पाउने भएका छन् । राजी क्लिनिकमा स्वास्थ्य परिक्षण गराउँदा बैंकका कर्मचारी र ग्राहकहरुले २० प्रतिशतसम्म छुट सुबिधा पाउने गरि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका कर्मचारी र ग्राहकहरुले राजी क्लिनिकमा स्वास्थ्य परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् भने ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशत सम्म छुट दिइनेछ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्