Shikhar Insurance

अभियान लघुवित्तको सेयर सोमबार बिहान बाँडफाँड हुने

सिंहदरबार संवाददाता
२०७९ श्रावण २९, आईतवार १८:१३
NIMB
Nabil Bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर भोलि (सोमबार) बिहान बाँडफाँड हुने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यलय नक्सालमा सोमबार बिहान ९ बजे सेयर बाँडफाँड हुने भएको हो ।

लघुवित्तले साउन १८ गते देखि २२ गतेसम्मका लागि आईपीओ निष्काशन गरेको थियो । लघुवित्तको आईपीओमा कुल निष्काशन गरेको ९ लाख ७५ हजार कित्ता सेयरको २३.७० गुणा बढी आवेदन परेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तले निष्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता सेयर मध्ये १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोला प्रथाबाट सेयर वितरण हुनेछ । लघुवित्तको सेयर न्यूनतम १० कित्ताको दरले वितरण गरिनेछ । आइपीओमा आवेदन परेको २० लाख ४३ हजार २० जना मध्ये ९१ हजार ३ सय ७५ जनाले मात्र सेयर पाउने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्