Shikhar Insurance

सप्तकोशी बाँधमा ४० जना अटाउने जेटबोट अर्थात मिनि पानी जहाज सञ्चालनमा

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १०:५०
NIMB
Nabil Bank

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका र चार छोटो दूरीका जेटबोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिए ।

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए । सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको पौडेलले जानकारी दिए । दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही छ सय कायम गरिएको छ । जेटबोटले पाँच किलोमिटको दूरी तय गर्नेछ । पानीको सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलको भनाइ छ । बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा यात्रा गर्नका लागि सहज हुने उहाँले बताए । जेट बोटको क्षमता ४० जना अटाउने रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्