Shikhar Insurance

लुम्बिनी केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने, मुख्यसचिव बैरागीले गरे निरिक्षण

सिंहदरबार संवाददाता
२०७९ पुष २, शनिबार १६:१६
NIMB
Nabil Bank

बुटवल । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिनुभएको छ ।

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सन्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए ।
उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १–२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराए ।
उनले केवलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए ।
‘अबको १–२ महिनापछि केबलकार सञ्चालनमा आउँछ । तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।’, ढकालले भने ।

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकिय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्