Shikhar Insurance

नेप्सेमा पाँच अंकको गिरावट, एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १५:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो कारोबारको दिन बुधबार सामान्य अंकको गिरावट देखिएको छ । बुधबार नेप्से ५.८९ अङ्कले घटेर १,८६७.२२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १४.२२ अङ्कले बढेर बन्द भएको थियो ।

दिनभरीमा २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबार भएका कम्पनीमध्ये ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको सेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंकको सेयर सबैभन्दा बढी ११ करोड ८२ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी, नबील बैंकको ३ करोड ९५ लाख ८ हजार, शिवम् सीमेन्टको ३ करोड ८५ लाख ७६ हजार, हिमालयन डिस्टिलरीको ३ करोड ३४ लाख २३ हजार र सोल्टी होटलको ३ करोड ३० लाख ४२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार बधुबारको कारोबारबाट आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५७ रुपैयाँ पुगेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०९६.२० रुपैयाँ पुगेको छ ।

त्यस्तै, इस्ट्रन हाइड्रोपावरको ९.८५ प्रतिशतले वृद्धि भएर २९७.९० मा पुगेको छ भने घलेम्दी पावरको ९.१४ प्रतिशतले वृद्धि भएर २०३ रुपैयाँ पुगेको छ । त्यस्तै धौलागिरी लघुवित्तको सेयर मूल्य ८.२१ प्रतिशतले बढेर ६४९.५० रुपैयाँ पुगेको छ ।

पञ्चकन्या पावरको मूल्यमा सर्वाधिक ६.२८ प्रतिशत गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्