Shikhar Insurance

संसद भवन अगाडि आत्मदाह प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्यको निधन

सिंहदरबार संवाददाता
२०७९ माघ ११, बुधबार ०८:५३
NIMB
Nabil Bank

काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका आचार्यको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उनको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पञ्चकन्या–६ इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल खनाएर हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो । उनको शरीर ८० प्रतिशत जलेको थियो ।

आत्मदहको निर्णय अघि उनले आफ्नो फेसबुकमा निकै लामो निरासाको स्टाटस लेखेको थिए ।आफू हरेक क्षेत्रबाट निराश भएको कारणले आत्माहत्या गर्न बाध्य भएको उनले फसबुकमार्फत खुलाएका थिए ।

६० लाख ऋणले थिचिएपछि ‘म क्रान्ति गर्दैछु भन्दै आत्मदाहको प्रयास गर्ने युवा उद्यमीको मार्मिक कथा

 

GBIME

प्रतिक्रिया दिनुहोस्