Shikhar Insurance

अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ अध्ययन प्रतिवेदन २ वर्षदेखि गुपचुप

दिलु कार्की
२०७९ माघ १८, बुधबार १२:३२
NIMB
Nabil Bank

काठमाडौं । करिब २ वर्ष अघि अजोड इन्स्योरेन्समा ‘इन्साइडर ट्रेडिङ’को आशंका गर्दै नेपाल धितोपत्र बोर्डले छानबिन शुरु गरेको थियो । तर, कम्पनी सेयरमा इन्साइडर ट्रेटिङ भए/नभएको भने २ वर्ष बित्न लाग्दा समेत बोर्डले निष्कर्श निकाल्न सकेको छैन ।

२०७७ चैत १६ गते दिनको साढे २ बजे बसेको अजोड इन्स्योरेन्सको सञ्चालक समिति बैठकले २ बराबर १ को हकप्रद ल्याउने निर्णय गर्यो । जुन नेप्सेको नियम विपरित थियो । सेयर बजार चलिरहेको बेला सेयर मूल्य प्रभावित पार्ने बैठक बस्न पाइँदैन । अन्य समय बसेका बैठकको निर्णय पनि कारोबार सुरु हुनु अघि नै जानकारी गराउनुपर्छ । अजोडले नेप्सेलाई गराएको जानकारीमा २०७७ साल चैत १६ गते सोमबार दिउँसोको २ः३० बजे बैठक बसेर हकप्रद सम्बन्धि प्रस्ताव गरेको उल्लेख थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्नु अघिल्लो दिन कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको थियो । सो दिन समग्रमा बजार घट्दा समेत अजोडको सेयर मूल्यमा पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो ।

सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको अघिल्लो दिनको कारोबारलाई शंकास्पद रुपमा हेरिँदै बोर्डमा विभिन्न उजुरी समेत परेको थियो । जसमा बोर्डले छानबिन शुरु गरेको थियो तर, हालसम्म त्यसको प्रतिवेदन भने बाहिर आएको छैन ।

सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएमा कम्पनीले सबैभन्दा पहिला नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनु पर्ने हुन्छ । तर, कम्पनीको सञ्चालक समितिमा रहेका वा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले सूचना बाहिर लगेर इन्साइडर ट्रेडिङ गराउने गरेका छन् ।

अजोडको सेयरमा इन्साइडर ट्र्रेडिङः अध्ययन प्रतिवेदन बोर्ड सञ्चालकसामु पुग्यो, भेटियो ‘कैफियत’

अजोडमा हक प्रदबारे निर्णय हुनु केहि समयअघि देखि नै इन्साइडर ट्रेडिङ हुन थालेको आशंका थियो । सञ्चालक समिति बैठक बस्नु अघि पनि एउटा ब्रोकरबाट सूचना चुहियो । र सोही दिन कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेको थियो । त्यसरी सर्किट लाग्ने क्रम चैत १८ गते अर्थात मंगलबार पनि कायमै थियो । चैत २३ गते अर्थ मन्त्रालयले इन्साइडर ट्रेडिङबारे छानबिन गर्न भनेपछि बोर्ड तातेको थियो ।

अजोडमा इन्साइडर ट्रेडिङः बोर्डले कारोबार तथ्यांक मगाएर सुक्ष्म छानबिन थाल्यो

यही बीचमा बीमा प्राधिकरण(तत्कालिन बीमा समिति)ले हकप्रदको प्रस्ताव साधारणसभामा लैजान रोक्यो । आफ्नो प्रारम्भिक पुँजीले थग्ने व्यवसाय गर्न नसकेको, चार वर्षसम्म पनि लगानीकर्तालाई कमाएर लाभांश दिन नसकेको अवस्थामा हकप्रद मार्फत पुँजी बढाउनु आवश्यक नरहेको भन्दै त्यस्तो प्रस्तावलाई स्वीकृति नदिने निर्णय गरेको थियो । बीमा प्राधिकरणले स्वीकृति नदिएपछि अजोडले चैत २५ गते सञ्चालक समितिको आकस्मिक बैठक राखेर हकप्रद सेयर जारी गर्ने निर्णय फिर्ता लिएको थियो ।

अजोडलाई त्यत्तिकै छाड्दैनौं, गडबड देखिए कारवाहीः अध्यक्ष ढुंगाना

भूमिका बिर्सँदै नियामक, छाडा बन्दै सूचिकृत कम्पनी, डुब्दैछन् सोझा लगानीकर्ता !

कहाँ पुग्यो अध्ययन प्रतिवेदन ?
अजोड इन्स्योरेन्समा दुई वर्ष अघि भएको भनिएको इन्साइडर ट्रेडिङ सम्बन्धी अध्ययन कहाँ पुग्यो ? प्रतिवेदन कहाँ छ ? भन्ने प्रश्नमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने–‘हामी हेर्दैछौं ।’ बोर्डका तत्कालिन अध्यक्ष भिष्म ढुंगानाले चैत १९ गते नै सिंहदरबारसँग कुराकानी गर्दै अजोडलाई त्यत्तिकै नछाड्ने बताएका थिए । बोर्डले चैत १७ गते नै सुक्ष्म निगरानी थालिसकेको थियो । बोर्डले गठन गरेको समितिले तयार पारेको प्रतिवेदन फागुनमा सञ्चालक समितिमा पुगेको स्रोत बताउँछ । त्यसपछि भने सो प्रतिवेदनबारे कुनै छलफल र निर्णय भएको छैन् ।

अजोड इन्स्योरेन्सले २:१ बराबर हकप्रद निष्काशन गर्ने

अजोड इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङको आंशका ! बोर्डले थाल्यो छानिवन

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्