Shikhar Insurance

कर्मचारीको टाउको फुटेपछि बैंकरले भने- कुटपिट गर्न उक्साउने दुर्गा प्रसाईँलाई कारवाही होस्

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १६:२३
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि भौतिक आक्रमण सुरु भएपछि बैंकरहरु तातेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तिय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त धारणा अघि सार्दै आफ्ना कर्मचारीहरुको सुरक्षाबारे गम्भिर चासो व्यक्त गरेका हुन् । उनीहरुले बैंकका कर्मचारीमाथि भैरहेका श्रृंखलावद्ध धम्की र भौतिक आक्रमणको निन्दा गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग समेत गरेका छन् ।

‘जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं ।’, बैंकरहरुले संयुक्त धारणा अघि सार्दै भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुले अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन पनि माग गरेका छन् । ‘यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ ।’, बैंकरहरुले भनेका छन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्