Shikhar Insurance

अनलाइनबाटै लिनुस् एनआईसी एशियाको निःशुल्क लकर सुबिधा, घर र समान यसरी हुन्छन् सुरक्षित

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार १३:०५
NIMB
Nabil Bank

काठमाडौं । व्यस्त दैनिकीमा घरमै बसिरहन सम्भव छैन । जागिर वा व्यवसायको शिलशिलामा घर बाहिर धेरै समय बित्छ । आफ्नो समय घर बाहिर धेरै बिताए पनि हरेक व्यक्तिका महत्वपूर्ण कागजात र बहुमूल्य वस्तुहरु घरमै हुन्छन् । सुन, गरगहना, सर्टिफिकेट, मार्कसिट, लालपुर्जाजस्ता महत्वपूर्ण कागजातहरु जिन्दगीभरी चाहिने वस्तु हुन् । घरमा राखिरहँदा यी कागजपत्र वा बहुमूल्य वस्तु चोरी हुने, हराउने वा किराकिरी, मुसाले काट्ने त्रास रहिरहन्छ । कहिलेकाही आगलागी जस्ता दुर्घटनाले पनि यस्ता कागजपत्र वा बहुमूल्य वस्तु नष्ट हुन सक्छन् । अझ नेपाल जस्तो भूकम्पीय जोखिम देशमा कुनै पनि बेला भूकम्पले क्षति पुर्याउन सक्छ ।

तर, यस्ता कागजपत्र वा बहुमूल्य वस्तुलाई बैंकको लकरमा राखेर सधैभरी सुरक्षित राख्न सकिन्छ । चाहिएको बेलामा प्रयोग गर्न पनि सकिन्छ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक वर्गहरुका लागि सबैभन्दा धेरै सुविधासहित लकरको सुविधा ल्याएको छ । यस बैंकले ल्याएको लकर सुविधा लिन बैंकमै धाएर समय बिताउनु पर्दैन । यदि तपाईंलाई लकर सुविधा लिन चाहनुहुन्छ भने घरमै अनलाइनबाट यसको सुविधा लिएर फुर्सदको बेलामा बैंकमा गएर सामान राख्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हरेक घरको यही समस्यालाई समाधान गर्ने गरी मुलुककै अग्रणी एनआईसी एशिया बैंकले ल्याएको छ निशुल्क लकर सुविधा, त्यो पनि ५ वर्षसम्मको लागि ।  यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने हरेक ग्राहकको लागि यो सुविधा उपलब्ध गराएको छ ।

धेरैले लकर सुविधा लिने भनेको गरगहनामात्र राख्नको लागि हो भन्ने बुझाइ छ । लकरमा सुन वा गरगहनामात्र राखिदैन । महत्वपूर्ण कागजातहरु जस्तो कि सर्टिफिकेट, मार्कसिट, लालपुर्जा पनि राख्न सकिन्छ । जुन महत्वपूर्ण कागजपत्रहरु मुसा, किराकिरी वा आगोले पनि नष्ट गर्न नसकोस् भन्ने हेतुले लकरमा राख्न सकिन्छ ।

लकर भनेको अत्यन्तै बलियो भल्टमा सामान राख्न सकिने व्यवस्था हो । यसभित्र राखेका वस्तुहरु मुसा, किराकिरीले नष्ट गर्न नसक्ने मात्र होइन आगोले पनि क्षति पुर्याउन सक्दैन । यो ‘फायर प्रुफ’ हुन्छ । अर्को कुरा, केहीले बैंकमा लकर राख्दा सुरक्षित हुँदैन कि, राखेको सामान साटिन्छ कि भन्ने पनि शंका गर्छन् । यी सबै भ्रममात्र हुन् । एन आई सी एशिया बैंकको लकरमा राखेको कुनै पनि सामान, गरगहना, सुन इत्यादि परिवर्तन हुन सक्ने सम्भावना हुँदैन ।

जुन वस्तु राखेको भल्ट हुन्छ, त्यसको चाबी ग्राहकसँग हुन्छ । लकरमा राखेको सामान ग्राहक आफै उपस्थित नभइकन अरु कसैले खोल्न सक्दैनन् । बैंकका कर्मचारीले ग्राहकको लकर खोल्न सक्दैनन् किनभने ग्राहकसँग भएको चाबी र बैंकले राखेको चाबी दुवै चाबी मिलाएपछिमात्र लकर खोल्न सकिन्छ ।

मानौं, ग्राहकको साँचो हरायो । बैंकमा गएर लकर सेवा लिएका ग्राहकले तपाईँहरुले खोल्दिनुस् भने पनि चाबी खोल्न सकिदैन किनने कर्मचारीसँग भएको चाबीलेमात्र लकर खुल्दैन । कति ग्राहकले आफ्नो छुट्टै चाबी पनि लगाएको भेटिन्छ तर त्यो जरुरी छैन ।

यसरी लिन सकिन्छ अनलाइनबाट लकर सुविधा
एन आई सी एशिया बैंकमा खाता भएका ग्राहकले लकरको सुविधा लिन यस बैंकको मोबाइल एप भए पुग्छ । यस बैंकको मोबाइल एपबाट लकरको सुविधा शुरु गर्न सकिन्छ र पछि कागजपत्र बोकेर उक्त शाखामा पुगेर अन्य प्रकृया पूरा गर्दै आफ्नो सामान राख्न सकिन्छ । एन आई सी एशिया बैंकको मोबाइल एप भित्र ‘बैंकिङ सर्भिसेस्’ भन्ने अप्सन छ । ‘बैंकिङ सर्भिसेस्’मा अन्य विभिन्न अप्सनसहित ‘लकर फ्यासिलिटी’ भन्ने अप्सन छ । त्यसमा ट्याप गर्नुहोस् । अब कुन शाखामा लकर सुविधा लिन चाहनु भएको हो शाखा कार्यालय रहेको ठाउँ रोज्नुहोस् र सबमिट गर्नुहोस् । त्यहाँ भित्र लकरको आकार अनुसार झन्डै दुई दर्जन प्रकार लकर अप्सन रहेका छन् । त्यसमध्ये तपाईंलाई कुन आकारको चाहिएको हो छनौट गर्न सक्नुहुन्छ । त्यो छनौट गरेर सबमिट गर्नुहोस् ।

सुविधा र फाइदाहरु
एनआईसी एशिया बैकमा सर्वश्रेष्ठ एम्बेसडर बचत तथा मुद्दती खाता खोली लकर सेवा लिँदा अन्य कुनै पनि बैंकले दिन नसकेको सुविधा ग्राहकले लिन पाउँछन् । पहिलो सुविधा भनेको लकरको वार्षिक शुल्क तिर्नु पर्दैन । यो पुरै निःशुल्क हो । सर्वश्रेष्ठ बचत खाता खोल्दा लकर सम्बन्धि पाइने दोस्रो फाइदा भनेको मार्जिन अथवा धरौटी रकम पनि राख्नु पर्दैन । लकर सुविधा लिएर बैंकमा समान राखे पनि आफूलाई चाहिएको बेलामा झिक्न र राख्न सकिन्छ । बैंकिङ्ग समयमा गएर आफूलाई चाहिएको सामान ल्याएर फेरि लगेर राख्न सकिन्छ । ग्राहकले आफ्नो परिवारका कुनै पनि सदस्य वा आफने विश्वासिलो व्यक्तिलाई पनि उक्त लकरको अधिकार दिन सक्छन् । त्यसरी अधिकार दिएको कुरा बैंकसँग पनि सम्झौता गरेको हुनुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्