Shikhar Insurance

दोहोरो अंकले बढेको सेयर बजारमा कुन-कुन कम्पनीले कमाए मनग्य ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको बजार यस दिन पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो ।

मंगलबार सेयर बजार दोहोरो अंकले बढेदा कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको सेयरमूल्य ३७ रुपैयाँ ७० पैसा बढेर ४१४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन आदर्श लघुवित्तको सेयरमूल्य ९.६९ प्रतिशतभन्दा, श्रीजनशील लघुवित्तको ७.६८ प्रतिशत र यूनिक नेपाल लघुवित्तको सेयर मूल्य ७.४३ प्रतिशतले बढेको छ । यसदिन कारोबारमा आएको सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ३.५४ प्रतिशत घटेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २७.३१ अंक बढेर १,८७१.३३ को विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.७९ अंक बढेको छ, फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंक बढेर बन्द भएको छ।

दिनभरीमा २६२ कम्पनीको ३५ हजार २३७ पटकको कारोबारमा ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित्ता सेयर खरिदबिक्री भए। अघिल्लो दिन नेप्से परिसूचक ५.५४ अंकले बढ्दा ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्सेसँगै करोबार रकममा पनि सुधार देखिएको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ। कम्पनीको ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, सानिमा मिडिल तमोरको ५ करोड ३ लाख, प्रभु बैंकको ३ करोड १३ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८ लाख र नबील बैंकको २ करोड २९ लाख रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्