Shikhar Insurance

दुई कम्पनीको १ कराेड ९२ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कुनको कति ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २९, बुधबार १६:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आईपीओ सूचिकृत भएको छ । बुधबार मोलुङ हाइड्रोपावर कम्पनी र सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

मोलुङ हाइड्रोपावर कम्पनीको ८० लाख २५ हजार कित्ता र सगरमाथा जलविद्युत कम्पनीको १ करोड १२ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सूचिकृत सेयर बिहिबारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले मोलुङ हाइड्रोपावर कम्पनीको ६० रुपैयाँ ६२ पैसादेखि १८१ रुपैयाँ ८६ पैसा र सगरमाथा जलविद्युत कम्पनीको १११ रुपैयाँ ४१ पैसादेखि ३३४ रुपैयाँ २३ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्