Shikhar Insurance

मेगा क्यापिटलले शुरु गर्यो लगानी व्यवस्थापन सेवा

सिंहदरबार संवाददाता
२०७९ चैत्र २९, बुधबार १८:३०
NIMB
Nabil Bank

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ ।

उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पुर्याउने आशा क्यापिटलले लिएको छ ।

न्यूनतम ३ लाख नगद वा सेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने छ र उक्त सेवा २०८० बैशाख महिनाभरिको लागि मात्र लागु हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्