Shikhar Insurance

प्रधानमन्त्री र ठूला नेताको दबाबले बजेटको आकार १८ खर्ब नाघ्ने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १३:१३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले १८ खर्ब बढी आकारको बजेट ल्याउने भएको छ । राष्ट्रिय योजना आयोग स्रोत समितिले तय गरेको १६ खर्ब ८८ करोडलाई नाघेर ठूलो आकारको बजेट ल्याउने तयारी भएको हो । ‘‘इमेज सुधारको अभियान’ सहित बजेट बनाउने तयारीमा जुटेका अर्थमन्त्री डा. प्रकाश शरण महतले अन्ततः बाह्य दबाबका कारण ठूलो बजेट बनाउनुपर्ने बाध्यता आइलागेको हो ।

योजना आयोग स्रोत समितिले १६ खर्ब ८८ अर्बको बजेट सिलिङ तोकिदिएको थियो । अब भने कम्तिमा पनि १८ खर्बको बजेट आउने स्रोत बताउँछ । अर्थात् बजेटको आकार एक खर्ब १२ अर्बले वृद्धि गर्न लागिएको हो । बाह्य तथा आन्तरिक परिवेशहरुको मूल्यांकन गर्दै मध्यमकालीन खर्च संरचनासहित तयार पारिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोडले कम थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

‘बजेटको आकार १ खर्ब १२ अर्बभन्दा बढी हुने देखियो, प्रधानमन्त्रीदेखि ठूला मन्त्री र नेताहरुको चाहना पनि बजेटको आकार बढाउने भन्ने नै देखिन्छ,’, स्रोतले भन्यो ।

प्रधानमन्त्री, अर्थमन्त्री र सत्ता साँझेदार ठूला नेताहरुका लागि केहि योजना र कार्यक्रम थप्नका लागि बजेटको आकार बढाउन लागिएको हो । राजश्व निरन्तर घटिरहेको, विदेशी अनुदान तथा ऋणको मात्रा पनि एकिन हुन नसकेको एंव आन्तरिक ऋणको चाप पनि बढिरहेको अवस्था छ । यद्यपि सरकारले बजेटमा भने खुला हृदयका साथ ठूलो आकार बनाउने पक्का भएको हो ।

‘बजेटको आकार बढ्छ, तोकिएको सिलिङ भन्दा कम्तीमा पनि एक खर्ब थपेर बजेट आउँछ, त्यसका लागि सबै कन्भिन्स भैसकेका छन्’, राष्ट्रिय योजना आयोग स्रोतले भन्यो। स्रोतका अनुसार अर्थमन्त्री डा. महतले अर्थ मन्त्रालयकै लागि ‘प्लेइङ फिल्ड’ रहने गरि आकार बढाउने तत्परता पनि देखाइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्