Shikhar Insurance

अटोमोबाइल एसेम्बलमा कर बढाउने सूचना चुहियो, बजेट टिममा लफडा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार ०९:२१
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतको बजेट निर्माण टिममा गम्भिर बिचलन देखिएको छ । करका दर बढाउने वा घटाउने सम्बन्धी सूचना चुहाएर बजेट निर्माण टिमले गम्भिर त्रुटी गरेको हो । सामान्यतयाः बजेटबाट तय हुने करका दरहरु बजेट भाषणको अघिल्लो रात निर्धारण हुने अभ्यास छ । त्यसमा पनि रक्सी, चुरोट, खैनी लगायतका उत्पादनहरुको करका दरहरु हरेक बर्ष बढाउने गरिएको छ । सरकारले हरेक बर्षको जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन संघीय सरकारको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर मंगलबार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जारी गरेको एउटा विज्ञप्तिले सबैलाई चकित बनाईदिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री, दुई सचिव, बजेट लेखन टिम, आन्तरिक राजश्व विभाग, भन्सार विभाग र अर्थमन्त्रीका सल्लाहकारहरुको टिममा भैरहेको छलफलको बिषय एकाएक बारिहयो र नाडाले आपक्ति जनाउँदै विज्ञप्ति नै प्रकाशित गर्यो । यसरी बजेटमा कर बढाउने बिषय चुहिएपछि अर्थमन्त्रीको ‘बजेट निर्माणको कोर टिम’मा पनि खैलाबैला मच्चिएको छ । मंगलबार नाडाले विज्ञप्ति प्रकाशित गर्दै एसेम्बर उद्योगमा कर बढाउने तयारी गरेको भन्दै आपत्ति जनायो । त्यसले अर्थमन्त्रीको कोर टिमबाटै सूचना चुहिएको भन्ने आशंकालाई बल पुग्छ ।

अर्थमन्त्री डा. महतले चैत २४ गते मन्त्रिस्तरिय निर्णय सहसचिव भुपाल बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिवहरु उत्तर बहादुर खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।

त्यस्तै, मन्त्री महतले आफ्नो सल्लाहकारमा पनि ३ जना विज्ञ नियुक्त गरेका छन् । बैशाख ७ गते मन्त्री डा. महतले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेललाई प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए भने सल्लाहकारमा योजना आयोगकै पूर्व सदस्य डा. पोषराज पाण्डे नियुक्त भएका थिए । त्यस्नै, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई काजमा अर्थमन्त्रालय बोलाईएको छ ।

अब प्रश्न उठ्छ, नाडा नेतृत्वलाई एसेम्बल उद्योगहरुले पाउँदै आएको छुट सुबिधा घटाइँदैछ भन्ने सूचना कसले दियो ? र उनीहरुले कन्फिडेन्डका साथ विज्ञप्ति निकालेर भने–सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको छ ।’

नाडाले अनुमानका भरमा यस्तो निष्कर्षसहित विज्ञप्ति निकालेको पक्कै पनि होइन, त्यसो भए यस्तो गम्भिर सूचना कसले चुहायो ?

 

नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योगका सम्बन्धमा नाडाको धारणा ।
नाडाले धेरै समय अघि देखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ । यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका छन् ।
त्यसैगरी नेपालमा केही चारपाँगे्र सवारी साधनहरु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु पनि खुल्ने क्रममा रहेका छन्, यसैक्रममा सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको छ ।
सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुदा सर्वसाधरण बर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने हुन्छ । एसेम्वली उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको हुन्छ ।
एउटा एसेम्बल उद्योगको कारण त्यससंग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने गर्दछ । अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ । सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित नै छ ।
सरकारले सवै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा थोरै बर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ ।
एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गर्दछ । सरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगतगरी नीति बनाउदा त्यसको दिर्घकालिन असरलाई समेत ध्यान दिनु पर्ने हुन्छ । सरकारले यस्ता विभिन्न बस्तुगत तथ्यहरुलाई मनन गर्दै आउँदो बजेटको तर्जुमा गर्दा सवारी साधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस भन्ने नाडाको धारणा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्