Shikhar Insurance

चीनले बनाएको सी-९१९ जहाजको व्यावसायिक उडान सुरु

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार ११:४६
NIMB
Nabil Bank

सांघाई। चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ– जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन ।

चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले आज सांघाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त उडान एमयू ९१९१ बिहान १०ः३२ मा सांघाई होङकियाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २८ यात्रु लिएर उडेको थियो । बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १२ः३१ बजे विमानलाई पानीको सलामीसहित स्वागत गरिएको थियो ।

सी ९१९ परियोजना सन् २००७ मा सुरु भएको थियो । कमर्शियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (सीओएमएसी) द्वारा विकसित पहिलो सी ९१९ विमान सन् २०१५ मा निर्माण पूरा गरी २०१७ मा पहिलो उडान गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्