Shikhar Insurance

नेपाल टेलिकमको ब्याण्डविथ खरिद प्रकरण विरुद्ध अख्तियारमा उजुरी, १० करोड घुसको आरोप

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार ११:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमको ब्याण्डविथ खरिद प्रकरण फेरि विवादमा फसेको छ । प्रतिष्पर्धी कम्पनीको लगानी रहेको कम्पनीलाई ब्याण्डविथ खरिद प्रक्रियामा छनौट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

ओरिमा ग्रुपका तर्फबाट अख्तियारमा परेको उजुरी अनुसार युटिएलमा लगानी रहेको भारतीय कम्पनी टाटा कम्युनिकेशनको शत प्रतिशत लगानीमा खुलेको सिंगापुरमा खुलेको टाटा कम्युनिकेशन सिंगापुरको प्रस्ताव स्वीकृत गरिएको आरोप लगाईएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अख्तियारमा परेको उजुरीमा इन्टरनेशनल ब्याण्डविथ खरिद प्रकरणमा १० करोड घुस लेनदेन भएको आरोप पनि लगाईएको छ । आयोगमा यो उजुरी जेठ १८ गते सी–०६६४५२ नम्बरमा दर्ता गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्