Shikhar Insurance

सनराइज ब्लुचिप फण्ड बिक्रि खुला, कति पाइन्छ प्रतिफल ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार १२:०१
NIMB
Nabil Bank

काठमाडौं । सनराइज बैंकले प्रवर्द्धन गरेको ‘सनराइज ब्लुचिप फण्ड’ स्किमको बिक्रि खुला भएको छ । सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको ब्लुचिप स्किम सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने योजना १० वर्ष अवधीको हुनेछ ।

प्रति इकाई १० रुपैयाँ दरको यो स्किम चैत १ देखि निष्काशन आरम्भ भएर चैत ४ गते आवेदन बन्द हुनेछ । ढिलोमा भने चैत १६ गतेसम्म इकाई बिक्री खुला रहनेछ । बन्दमुखी योजनामा न्युनतम एक सय इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाइन्छ । कम्पनीले कुल १० करोड इकाइ निष्कासन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनमध्ये एक करोड ५० लाख इकाइ सनराइज बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउँछन् । कम्पनीले बार्षिक औषत २२. प्रतिशत भन्दा बढी प्रतिफल दिने दावी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्