Shikhar Insurance

प्रधानमन्त्री प्रचण्डसहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार ११:५८
NIMB
Nabil Bank

काठमाडाैं। सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ ।

सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका हुन्।

Citizen Life
Kumar Bank
Nepal Life

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी भएका छन् ।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गरेका हुन्। रासस

GBIME

प्रतिक्रिया दिनुहोस्