Shikhar Insurance

गलत समाचार छाप्ने अनलाइन र पत्रकारले २ करोड क्षतिपूर्ति तिर्नुपर्ने, अदालतले दियो आदेश

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १०:३७
NIMB
Nabil Bank

दिल्ली । दिल्ली उच्च अदालतले तेहेल्काल डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई रु दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको छ । न्यायाधीश नीना वंशल कृष्णाको इजलाशले सेवा निवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश दिएको हो । सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तेहेल्काले डटकमले गोप्य कारबाही (स्टिङ अप्रेशन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।

तेहेल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तेहेल्काका दुई जना पत्रकारले स्टिङ अप्रेशन गरेका थिए । उनले एक शिशी ब्ल्यू लेबल ह्विस्की र रु दश लाख घुस मागेको श्रव्य सामग्री तेहेल्काले प्रसारण गरेको थियो ।

उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो। छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो ।

न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको सार्वजनिक मानप्रतिष्ठामा ठूलो आघात पुगेको, साक्षमा याचनाबाट त्यो आघात नमेटिने भएकाले उक्त रकम क्षतिपूर्ति भर्न आदेश दिएकी हुन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्