Shikhar Insurance

समानान्तर कमिटी बनाउने अभियानलाई तिब्रता दिने माधव नेपाल समुहको निर्णय

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले पार्टी भित्र समानान्तर संगठन निर्माणको अभियानलाई तिब्र बनाउने निर्णय गरेको छ । आइतबार उपत्यकामा उपलब्ध केन्द्रिय सदस्य र सांसदहरुको बैठकले पार्टी विभाजन नगर्ने र समानान्तर संगठन निर्माणलई तिब्र बनाउने निर्णय गरेको हो ।

नेपाल समुहले यस अघि नै अखिल नेपाल महिला संघ, युवा संघ नेपाल र अनेरास्ववियुमा समानान्तर कमिटी निर्माण गरिसकेको छ । अर्घाखाँजी जिल्लामा पार्टीकै अर्काे कमिटी बनाईसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अब सबै जिल्ला र जन संगठनहरुमा समानान्तर संगठन बनाउने निर्णय नेपाल समुहले गरेको हो । उनीहरुले पार्टी विभाजन नगर्ने तर ओलीसँग नझुक्ने रणनीति पनि अघि सार्दै समानान्तर गतिबिधी गर्ने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्