Shikhar Insurance

आईपीओ भन्दैमा सबैले आवेदन दिने होइन, बजार बढ्दा मख्ख पर्ने घट्दा हामीलाई गाली किन ?

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १६:५३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आईपीओ भन्दैमा सबैले आवेदन दिन नहुने बताएका छन् । नयाँ ब्रोकर कम्पनीहरुको संगठन धितोपत्र ब्रोकर एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आईपीओमा आवेदन दिनुअघि कम्पनीका बारेमा राम्रो अध्ययन गर्नुपर्ने बताएका हुन् ।

‘पौडी खेल्न नजान्नेले खोलामा हाम फाल्ने अनि डुबेपछि सरकारलाई, सेबोनलाई गाली गर्ने ? आईपीओ भन्दैमा सबै कम्पनीमा सबैले आवेदन दिने हो र ? सेयर भर्नु अघि कम्पनी हेर्नुपर्दैन ?’, अध्यक्ष हमालले प्रतिप्रश्न गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले १० कित्ते नितिका कारण जस्ता पनि कम्पनीको आइपिओ ओभर सब्सक्राईब हुने अवस्थाले केही नकारात्मक प्रभाव पारेको पनि उनले बताए ।

उनले बजार सुधारको काम अघि बढेकाे र अब नरोकिने दावी पनि गरे । उनले पुँजी बजारका सबै प्लेयरले नाफा कमाउने सुनिश्चितता आवश्यक रहेको पनि बताए ।

‘ बजारका सबै प्लेयरहरुले नाफा कमाउने सुनिश्चितता आवश्यक छ, लगानी कर्ता र ब्रोकर सबैले कमाउनुपर्छ, तपाईंहरुले तिरेको शुल्कबाट नै हामी पनि चल्ने हो । सबैले कमाउनु पर्छ’, अध्यक्ष हमालले भने ।

उनले भारतमा २०/२५ रुपैयाँ शुल्कमा सेयर किनबेच हुने गरेको बताउँदै अब नेपालमा पनि त्यस्तै अवस्था ल्याइने बताए ।

उनले नेपालको पुँजी बजारलाई अनुशासित र प्रतिस्पर्धिका साथै गुणस्तर एवं न्यून लागतको सुनिश्चित तापनि आवश्यक रहेको बताए ।

उनले हाइड्रोको बिकृति रोक्न अध्ययन भइसकेको र हकप्रद सेयरको औचित्यबारे पनि आवश्यक अध्ययन भइरहेको बताए । साथै उनले पुँजीबजारमा रियल सेक्टरको अवस्थाबारे पनि अध्ययन सुरु गरेको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्