Shikhar Insurance

सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण २५, बिहीबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

इन्स्योरेन्सको उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सुरक्षण भवन, भगवती मार्ग नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त संस्थापक सेयर खरिदका लागि तोकिएको समयमा निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्