Shikhar Insurance

भेस्पा, अप्रिलियाको चाडपर्व बम्पर अफर: स्कुटर खरिदमा ४० हजार छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १७:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपालीहरूको महान् चाड दसैं-तिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एन्ड सन्स प्रालिले भेस्पा, अप्रिलियाले चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो ।

आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्म कै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जस अनुरूप ग्राहकले कुनै पनि भेस्पा, अप्रिलियाको खरिदमा सीधै ४० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो अफरमा कुनै पनि किसिमको सर्तहरू लागू नहुनेसमेत कम्पनीले बताएको छ । तर, यो अफर सीमित अवधिका लागि मात्र कायम रहने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्