Shikhar Insurance

भरतपुरमा टाटाको नयाँ शोरुमबाट टियागो इभी र पञ्चकाे बिक्री सुरु

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १२:२५
NIMB
Nabil Bank

काठमाडौं । टाटा मोटर्सले भरतपुरमा शुक्रबारदेखि नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले  असाेज ५ गते शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । ३ हजार ५ सय वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित छ । यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ ।

नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पञ्च र टियागो इभी नामक दुई नँया गाडीहरुको विक्रि वितरण भरतपुरमा सुरु भएको छ । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जंग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

शोरुमको उद्घाटन समारोह बीच बोल्दै, सावन्त जङ्ग सिजापतिले भने, “टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं ।”

साे एसएच मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देश सेढाईंले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउँदा आफू खुसी भएको बताए ।

समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको छ । ती हुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभर” रेन्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमित छाप छोड्ने टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिक्तित विक्रेता सिप्रदीले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्