Shikhar Insurance

नेपाली बजारमा साओमीले फड्को मार्दै, स्मार्टफोन किन्दा २ हजार छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १३:०१
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुंगाले नेपालमा साओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि मनाउँदै छ । सन् २०१८ मा लन्च भएदेखि नै साओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित छ ।

विगत पाँच वर्षमा साओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । साओमी टेक्नोलोजी क्षेत्रमा घर–घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ । उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्तामाझ पुर्याउने ब्रान्डको अटल समर्पणले नेपाली ग्राहकवर्गको हृदयमा विशेष स्थान कमाएको छ । साओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विगतका वर्षहरू जस्तै साओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा २ हजारसम्मको आकर्षक छुट प्रदान गरिरहेको छ । साओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी साओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी नेपालमा हाम्रो ५ औं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौं । यस सुन्दर देशमा साओमीको यात्रा उल्लेखनीय रह्यो र हामी ग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रति आभारी छाैं । हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ।”

साओमी नेपाली ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छ । रिटेल पार्टनर र सर्भिस सेन्टरहरूको विस्तृत नेटवर्कको साथ कम्पनीले देशमा बलियो उपस्थिति बनाएको छ ।

साओमी नेपालले विगत पाँच वर्षमा नेपालमा प्रविधिलाई हेर्ने तरिका मात्र परिवर्तन गरेको छैन तर आफ्नो करपोरेट सोसल रेस्पन्सिबिलिटी (सीएसआर) प्रयासहरूमार्फत समुदायलाई भलो हुने काम पनि गरेको छ । साथै साओमी नेपालले आफ्नो फेसबुकमा सक्रिय साओमी फ्यान क्लबमार्फत टेक फ्यानहरूका लागि एक सक्रिय कम्युनिटी निर्माण गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्