Shikhar Insurance

दिल्लीस्थित अफगानी दूतावास शनिबार रातिबाट बन्द

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १७:२६
NIMB
Nabil Bank

नयाँदिल्ली । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको असहयोग, दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्द्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा दूतावास बन्द गर्नुपरेको” विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ ।

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द हुने जानकारी दिएको थियो । एएनआई

GBIME

प्रतिक्रिया दिनुहोस्