Shikhar Insurance

आरएसडिसी लघुवित्तद्वारा लगानीकर्तालाई ९.५२ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार ११:१८
NIMB
Nabil Bank

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ९.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो।

असोज १९ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तले हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँको ९.०५२६ प्रतिशतका दरले हुने ७ करोड ८७ लाख १८ हजार रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ८.६० प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार रुपैयाँ बोनस सेयर रहेको छ भने बाँकी ०.४५२६ प्रतिशतका दरले हुन आउने ३९ लाख ३५ हजार नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्