Shikhar Insurance

 सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार १०:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपालको एक प्रतिष्ठित र पुरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले बडादशैं, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ ।

यस योजनाअन्तर्गत बम्पर उपहारमा ३ जनाले Hisense ब्राण्डको मल्टी डोर रेफ्रिजिरेटर, ५० इन्चको टिभी र वासिंग मेसिन पाउनेछन् । त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन्। यो योजना दूधबाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

असाध्यै रुचाइएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले विगत २८ वर्षदेखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सीलगायत अन्य दूधजन्य उत्पादनहरु ग्राहकहरु माझ निरन्तर उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिंङका साथ बजारमा उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्