Shikhar Insurance

टेलिकमको चाडपर्व अफरः एकैपटक एक हजारसम्म एसएमएस पठाउन सकिने

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १४:१४
NIMB
Nabil Bank

काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैंको सन्दर्भमा नेपाल टेलीकमले आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ । जस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध गराएको छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने छ ।

२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने छ ।

यो सेवा प्रयोग गर्नका लागि  https://groupsms.ntc.net.np/  मा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरी यही प्रक्रिया दोहोर्याई आफूले चाहेबमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्