Shikhar Insurance

म्युचुअल फण्डहरुले आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने

सिंहदरबार संवाददाता
२०८० कार्तिक २०, सोमबार २१:२६
NIMB
Nabil Bank

काठमाडौं । अबदेखि म्युचुअल फण्डहरुले आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म आईपीओको त्यस्तो सेयर बेच्न वा नामसारी गर्न नपाउने निर्णय गरेको हो ।

बोर्डले कात्तिक २१ गतेदेखि नै लागु हुने गरि निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म म्युचुअल फण्डहरुलाई सेयर बेच्न रोक लगाउने निर्णय गरेको हो । तर म्युचअल फण्डहरुको योजना अवधी नै समाप्त हुने वा योजना खारेज हुने अवस्थामा भने ६ महिनाको क्याप लागु हुने छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल सार्वजनिक निष्काशन हुने कम्पनीहरुको कुल निष्काशनको पाँच प्रतिशत सेयर म्युचुअल फण्डहरुले आरक्षणमा पाउँदै आएका छन् । त्यस्तो सेयर सूचिकृत हुने वित्तिकै बेचेर फण्डहरु निस्कन थालेको र त्यसले सेयर बजार घटाएको आरोप लागिरहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्