Shikhar Insurance

कोरियाली लगानीकर्तासँग ढकालले भने, ‘ऊर्जा, पर्यटन, कृषि र आईसीटी’ क्षेत्रमा लगानी गर्नुस्

सिंहदरबार संवाददाता
२०८० कार्तिक २२, बुधबार १४:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण कोरियाली लगानीकर्तासँग ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल–कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त आग्रह गरेका हुन् । नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्नका लागि समेत कोरीयको लगानी साझेदारी आवस्यक भएको भन्दै ढकालले भने ‘कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगन्य रुपमा रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको छ, त्यसको लागि लगानी साझेदारी नै उपयुक्त बिकल्प हो’ ।

Citizen Life
Kumar Bank
Nepal Life

ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताए । यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई ‘वीनवीन’को अवस्था सृजना हुने ढकालले बताए ।

नेपालमा ठूला लगानीका ३५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको उनले बताए । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा उनले बताए ।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताए ।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्छ ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँ–नयाँ उद्यममा यस्तो पूँजी परिचालनमा कोरियाले सघाउनु पर्ने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्