Shikhar Insurance

बैंकहरूको बेसरेट घट्यो, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक २३, बिहीबार १०:१५
NIMB
Nabil Bank

काठमाडौं । अब बैंकहरूको ब्याजदर सस्तो हुने भएको छ । चालु आवको पहिलो त्रैमास बैंकहरूले बेसरेट (आधारदर) घटाएर वित्तीय विवरण सार्वजनकि गरेका छन् । बैंकहरूले बेसरेट घटाएर प्रकाशन गरेपछि कर्जाको ब्याजदर पनि घट्ने देखिएको हो । बेसरेट कम हुने बैंकको ब्याजदर कम हुन्छ भने माथि हुनेको ब्याजदर पनि कम हुने बैंकको तुलनामा बढी हुन्छ ।

आधारदर घट्दा तथा बढ्दा यसको प्रत्यक्ष असर ब्याजदरमा पर्ने हुँदा चालु आवको बाँकी महिनामा यसरी नै बेसरेट घट्दै जाने हो भने कर्जाको ब्याजदर पनि क्रमशः घट्दै जानेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले औसत बेसरेट ९.९९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकहरूको आधारदर औसतमा १३.३८ प्रतिशत थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा बैंकहरूको बेसरेट ३.३८ प्रतिशतले घटेको छ । बेसरेट घट्दा बैंकहरूको ब्याजदर पनि घट्ने देखिएको हो ।

गत आवको अन्त्यको भने वाणिज्य बैंकहरूको औसत आधारदर १०.०४ प्रतिशत रहेको थियो । २०८० असारको तुलनामा असोजमा बेसरेट घटेको हो ।

बैंकको आधारदर घटाउने बैंकमा कुमारी, प्राइम, सिटिजन्स, एनआईसी एशिया, प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, एनएमबि, सानिमा, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यस्तै आधारदर बढाउने बैंकमा हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास बैंक, नेपाल एसबिआई, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नबिल र नेपाल बैंक रहेका छन् ।

आधारदर एकल अंकमा हुने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, एभरेष्ट, नबिल, सिद्धार्थ, नेपाल, राष्ट्रिय वाणिज्य र स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

सबैभन्दा बढी आधारदर कुमारी बैंकको १०.९१ प्रतिशत रहेको छ भने सबैभन्दा कम स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४२ प्रतिशत रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्