Shikhar Insurance

फागुन २८ गतेको निर्णय फिर्ता गर्न ओली तयार, जुट्ने भयो एमाले

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली फागुन २८ गतेको निर्णय फिर्ता गर्न राजी भएका छन् । बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल समुहलाई थर्काएर, धम्क्याएर, लतारेर साइजमा ल्याउने प्रयास असफल भएपछि अन्ततः ओली बैशाख २८ को निर्णय फिर्ता गर्ने मनस्थितिमा पुगेका हुन् । त्यसको संकेत केहि दिन अघि ओली निकट युवा नेता महेश बस्नेतले एक टेलिभिजनसमा अन्तरवार्ताका क्रममा कुनै न कुनै रुपले फागुन २८ गतेको निर्णय फिर्ता हुने र पार्टी एकता जोगिने बताएका थिए ।

बस्नेतले पार्टी विभाजन भएमा ओली पक्ष र नेपाल पक्षकै नेताहरुको राजनीतिक भविष्य समाप्त हुने मात्रै नभएर सिंगो कम्युनिष्ट आन्दोलन नै समाप्त हुने भएकाले मिल्नुको विकल्प नरहेको बताएका थिए । ओलीले २७ गते विश्वासको मत लिनु अघि फागुन २८ को निर्णय फिर्ता गर्न तयार हुने उनी निकट नेताहरुले बताउन थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘बैशाख २७ गतेको दुर्घटना अघि नै अध्यक्षज्यूले केहि सम्हाल्नु हुनेछ, पार्टी एकता जोगाउन नसकिए सबै समाप्त हुने नै हो’, ओली निकट एक नेताले भने ।
शुभाष नेम्बाङदेखि विष्णु पौडेल हुँदै महेश बस्नेतहरु नै ओलीले लचिलो बन्नुपर्ने बताउन थालेका छन् ।

विश्वासको मत लिनु अघि ओलीले लचकता नदेखाए आफु विरुद्ध महागठबन्धन बन्ने र भविष्य संकटमा पर्ने ओलीले पनि बुझेका छन् । राजनीतिक जीवनमा कालो धब्बा लगाउन नचाहेको पनि उनी निकट नेताहरुले बताईरहेका छन् । ओलीले आज र भोलीमै नेपाल समुहसँग निर्णायक सम्वाद गरेर सहमति गर्ने तयारी गरिरहेको श्रोतले बतायो ।

सर्वाेच्च अदालतले नेकपा(एमाले) र माओवादी केन्द्र ब्युताईदिएपछि ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर पूर्व माओवादीका नेताहरुलाई पार्टी जिम्मेवारी दिएका थिए । त्यसपछि ओलीले एमाले एकलौटी रुपमा सञ्चालन गर्दै नेपाल पक्षका नेताहरुलाई कारवाही तथा जिम्मेवारी मुक्त गरेका थिए । बैशाख २८ पछिका निर्णयहरु फिर्ता नलिएसम्म ओलीसँग मिलेर जान नसकिने बटमलाइन नेता नेपाल समुहले राख्दै आएको छ । नेपाल समुहलाई नमिलाउँदा सरकार र पार्टी दुबै सकिने तथा आफ्नै राजनीतिक भविष्य पनि संकटमा पर्ने देखेपछि ओली सहमतिमा आउन तयार भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्