Shikhar Insurance

कञ्चनपुरको कलकत्तामा नेपाल बङ्गलादेश बैंकको खुल्यो १०० औं शाखा

सिंहदरबार संवाददाता
२०७८ श्रावण २८, बिहीबार २१:२२
NIMB
Nabil Bank

नेपाल बंगलादेश बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा आफ्नो १०० औं शाखा २०७८ श्रावण २८ गतेबाट सञ्चालनमा ल्याएको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कलकत्ता शाखा सहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्