Shikhar Insurance

टिकटक बन्द गर्ने निर्णय विरुद्ध सर्वाेच्च अदालतमा रिट

सिंहदरबार संवाददाता
२०८० मंसिर १, शुक्रबार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । चर्चित समाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध शुक्रबार सर्वाेच्च अदालतमा रिट निवेदन हालेका हुन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।

टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । मन्त्रिपरिषदको २७ कात्तिकमा बसेको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्