Shikhar Insurance

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त, अब्बल बैंक बनाउने वाचा

सिंहदरबार संवाददाता
२०८० मंसिर १, शुक्रबार १९:२४
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले हालसम्म सीईओ रहेका रमेश अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै खनाललाई सीईओ नियुक्त गरेको हो ।

खनालले बैंकमा बरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कुमारी बैंकमा सीईओ रहेका खनाल एनसीसी मर्ज भएपछि बरिष्ठ डेपुटीको जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव भएका खनाल कुमारी बैंक आउनु अघि एनआईसी एसिया क्यापिटलको सीईओ थिए । उनले सिद्धार्थ र एनआईसी एसिया बैंकमा पनि उपल्लो तहमा रहेर काम गरिसेकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पेशाले चाटर्ड एकाउन्टेन्ट रहेका खनालले कुमारी बैंकलाई अब्बल बाणिज्य बैंकका रुपमा स्थापित गर्ने बताए । ‘बैंकले मलाई विश्वास गरेर पुनः सीईओको जिम्मेवारी दिएको छ, कुमारी बैंकलाई अनुशासित र व्यवसायीक रुपले अब्बल बाणिज्य बैंकका रुपमा स्थाापित गराउन मेरो सम्पूर्ण ध्यान केन्द्रित हुुनेछ’, नव नियुक्त सीईओ खनालले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्